चिसोले कठ्यांग्रिएका मुसहरलाई कम्बलसहित राहत

7
राहत लिन जम्मा भएका मुसहर परिवार ।

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिका ४ गढा टोलका ६० घर मुसहर परिवारलाई सुक्रवार कम्बल र खाद्यान्न वितरण गरिएको छ ।

आफै शारीरिक रुपमा अशक्त भएपनि सामाजिक काममा क्रियाशिल स्थानीय समाजसेवी शिवनाथ राउतको पहल तथा छायाँ नेपाल नामक संस्थाको सहयोगमा पिछडिएको मुसहर समुदायका स्थानीयलाई सहयोग प्रदान गरिएको हो । ६० परिवारलाई एक थान कम्बल, ३० किलो चामल, ३ किलो दाल, १ लिटर तेल, १ किलो चिनी, २ वटा डिटोल साबुन र एक प्याकेट नुन उपलब्ध गराइएको समाजसेवी राउतले जानकारी दिए ।

अहिलेको कठ्यांग्रिदो चिसोमा न्यानो नपाउँदा कव्रिmएका मुसहरहरु राहत पाउँदा खुशी भएका छन् । समाजसेवी राउत, छायाँ नेपालका प्रतिनिधि निशान्त गौतम, वडाध्यक्ष जगदिस साह लगायतको उपस्थिति थियो ।

मुसहर समुदायका बालबालिकालाई निःशुल्क टिउसन समेत पढाउँदै आएका समाजसेवी राउतले बेला–बेलामा यसरी चन्द्रनगरका मुसहरहरुलाई सहयोग जुटाउँदै आउनु भएको छ ।