करका हाकिमलाई ब्यापारीको बिदाई

7
सरुवा भएका करदाता सेवा कार्यालय मलंगवाका प्रमुख कट्टेल (दायाँ)लाई मायाको चिनो प्रदान गर्दै उवासंघ हरिवनका अध्यक्ष श्रेष्ठ । (तस्बिर : संजु कर्ण)

संजु कर्ण/हरिवन – करदाता सेवा कार्यालय मलंगवाका प्रमुख बालकृष्ण कट्टेललाई मंगलबार हरिवनका व्यापारीहरुले बिदाई गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय वीरगंजमा सरुवा भएका कट्टेललाई उद्योग वाणिज्य संघ हरिवनले मायाको चिनो प्रदान गर्दै बिदाई गरेको हो । संघका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको संघका महासचिव रामचन्द्र गौतमले जानकारी दिए । कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी सहित नेपाल चेम्बर अफ कमर्स हरिवनका अध्यक्ष कृष्णओम पोतेको समेत आतिथ्यता रहेको थियो ।

कट्टेलको ठाउँमा हिरम्भराज न्यौपाने मलंगवास्थित करदाता सेवा कार्यालयको प्रमुखका रुपमा आउने भएका छन् । नयाँ प्रमुख न्यौपाने आएपछि एकदुई दिनभित्र वीरगंज स्थित आन्तरिक राजश्व कार्यालय जाने कट्टेलले जानकारी दिए ।