सर्लाहीको महिला क्रिकेट टिम राजविराज गयो

9
सप्तरी जाने सर्लाहीको महिला क्रिकेट टिमलाई मंगलबार दिउँसो बिदाई गर्ने क्रममा प्रदेश स्तरीय क्रिकेट संघका सदस्य निरोज कार्की लगायत । (तस्बिर : उज्यालो अभियान)

हरिवन – प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा छनौट खेल खेल्न सर्लाहीको महिला टिम सप्तरीको राजविराज तर्फ गएको छ ।

भोली बुधबार सप्तरीको राजविराजमा सर्लाही र बाराको महिला टिमबीच टि–ट्वान्टी खेल हुँदैछ । सर्लाहीबाट मेलिना रायमाझीको कप्तानीमा आयुषा घिमिरे, अंकिता पौडेल, सिता कार्की, निर्जला भण्डारी, श्रेया थापा, श्रृजल थापा, दुर्गा कार्की ‘अनु’, दिया विक, यमुना कुमारी श्रेष्ठ, मिनिका साह, आँसु साह, सबिता पौडेल, सरला श्रेष्ठ लगायत खेलाडीहरु, प्रशिक्षक श्याम थापा र टिम मेनेजरको रुपमा नविन थापा गएका छन् ।

टोलीलाई प्रदेश दुई क्रिकेट संघका सदस्य निरोज कार्की लगायतले हरिवनबाट बिदाई गरेका थिए । प्रदेश सदस्य कार्कीका अनुसार प्रदेश दुईका आठवटा जिल्ला मध्ये सर्लाही सहित बारा, महोत्तरी, सिराहा र सप्तरीका पाँचवटा टिमले प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि छनौट हुन भिडन्त गर्ने छन् । राष्ट्रिय प्रतियोगितामा प्रदेश दुईबाट एउटा टिमले भाग लिन पाउने छ ।

आज मंगलबार सप्तरीमा भएको सिराहा र सप्तरीबीचको खेलमा सिराहा विजयी भएको तथा महोत्तरी र बाराको बिच भएको खेलमा महोत्तरी विजयी भएका छन् । हरेक जिल्लाले एकअर्कासँग लिग खेल खेलेपछि आउने अंकका आधारमा विजेता घोषित हुने बताईएको छ ।