दोस्रो बागमती मेयर कप : डिफेन्डिङ च्याम्पियन वडा नं. २ उपाधी नजिक

7
आईतवारको खेलमा बिजयी हुँदै फाइनलमा पुगेको साबिक बिजेता वडा नं. २ को टिम । (तस्बिर : राजु तामाङ)

नवराज अधिकारी/ बागमती – साबिक बिजेता वडा नं. २ दोस्रो बागमती मेयर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सर्लाहीको बागमती नगरपालिका ३ स्थित धरहरामा आइतवार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा वडा नं. ७ लाई २–० गोलले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन वडा नं. २ उपाधी नजिक पुगेको हो । उसलाई फाइनलमा पु¥याउन सम्बेक वाईवा र आशिष स्याङतानले समान एक÷एक गोल गरे । खेलमा म्यान अफ दि म्याच भने बिजेता टिमकै अनिस भुजेल भएका छन् ।

वडा नं. २ ले अब प्रतियोगिताको उपाधीका लागि मंगलवार वडा नं. ८ सँग खेल्ने छ । यस प्रतियोगिताको बिजेताले ५१ हजार र उपबिजेताले २५ हजार नगदसहित दुवैले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा आज (सोमवार) सर्लाही र पर्साका महिला खेलाडीबीच खेल खेलाईने आयोजक अन्नपूर्ण साहारा क्लब धरहराले जनाएको छ ।