दिवंगत आमाको नाममा विद्यालयमा अक्षय कोष

9

भक्तिपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका ३ भक्तिपुरकी सुशीला बस्नेत भण्डारीले दिवंगत आमाको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना गरेकी छिन् ।

उनले दिवंगत आमा मीरा देवी बस्नेतको नामबाट सरस्वती माध्यमिक विद्यालय भक्तिपुरमा ५१ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । भण्डारीले सोमवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ र प्रधानाध्यापक सीताराम दाहाललाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको विद्यालयले जनाएको छ ।

सो अक्षय कोषको रकमको ब्याजबाट विद्यालयमा गरिब तथा विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति वितरण गरिने छ ।