हरिवनमा साँढे तीन विगाहमा गरिएको गाँजा खेती नष्ट

2
शनिबार हरिवन नगरपालिका–२ खोरगाउँमा गाँजाका बोट काट्दै प्रहरी टोली । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिका वडा नं. २ चुरेक्षेत्रस्थित लालभित्ती र खोर गाउँ भन्ने ठाउँमा गरिएको प्रतिवन्धित लागूऔषध गाँजा खेती प्रहरीले शनिवार नष्ट गरेको छ ।

यो पनि पढ्नोस्

प्रहरीले डढायो अढाई विगाहमा लगाईएको गाँजाको बोट

सर्लाहीको नारायणखोलामा ७ हजार बोट गाँजा नष्ट

नारायणखोलामा गाँजा फडानी अभियान जारी, सशस्त्र प्रहरीद्धारा दुई दिनमा पाँच बिघाको गाँजा नष्ट

विप्लव खाेज्न परवानीपुर पुगेकाे सुरक्षाटाेलीेले ५ किलाे गाँजा फेला पार्याे

ईलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) अवधेश कुमार यादवको कमाण्डमा ईलाका प्रहरी कार्यालय हरिवन, जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी नायब निरीक्षक (सई) र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले करिव साँढे ३ विगाहमा गरिएको गाँजा खेती नष्ट पारेको हो । लालभित्ती भन्ने ठाउँमा १०/१५ घरमा लगाइएको ८/१० वटा बोट र खोर गाउँमा बारीमा लगाइएको गाँजाका बोट फाँडेर आगो समेत लगाइएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

बिक्रीका लागि तयारी हुनै लागेका गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरी टोली गाँजाका बोटहरु नष्ट पारेर शनिबार साँझ फर्किएको थियो ।

केही दिन अघि मात्रै लालबन्दी प्रहरीले उत्तरी चुरेभेगमै पर्ने वडा नं. १४ नारायणखोलामा झण्डै तीन विगाहमा लगाएको गाँजा नष्ट गरेको थियो । अहिलेसम्म प्रतिवन्धित नै रहेको गाँजाको सर्लाहीमा उत्तरी चुरेका विकट वस्तीहरुमा बिक्री गर्ने हिसावले पाखो खेतबारीमा लगाउने गरिएको छ ।

हरिवन र लालबन्दी नगरपालिकाको विकट क्षेत्रका पाखो बारीमा अन्य खेती सरह लगाईने गाँजा प्रहरीहरु बर्सेनि पुगेर फाँड्ने गरेको भएपनि गाउँलेले लगाउन छाडेका छैनन् । गाँजा खेतीबाट राम्रो आम्दानी हुने भएकाले प्रहरी आकलझुकल पुग्ने चुरेका वासिन्दा गाँजा खेतीप्रति आकर्षित भएका हुन् । यहाँ उत्पादित गाँजा लुकाईछिपाई भारत पु¥याएर महँगो मूल्यमा बिक्री हुने गरेको छ ।

यता केही दिनदेखि भने उच्च सरकारी तहमै गाँजा खेतीको प्रतिवन्ध फुकुवा गर्ने बहस चलिरहेको छ । डेढ साता अघि मात्रै संयुक्त राष्ट्रसंघले गाँजालाई हानिकारक लागूऔषधको सूचीबाट हटाएको थियो । नेपालले पनि गाँजालाई हानिकारक लागूऔषधको सूचीबाट हटाउनुपर्ने पक्षमा मतदान गरेको छ ।