सर्लाहीमा रातीदेखि विद्युत अवरुद्ध, उपभाेक्ता मारमा

10
सांकेतिक तस्बीर ।

लालबन्दी – सर्लाहीमा आइतवार रातीदेखि जिल्लाभर विद्युत अवरुद्ध भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर रायले चन्द्रनिगाहपुरबाट सर्लाही जिल्लाका लागि ल्याइएको ३३ केभी मुख्य लाईनमै समस्या आएको जानकारी दिए । उनले कुन ठाउँमा समस्या आएको हो ? त्यसको पहिचान भइनसकेको बताए ।

डिस पम्चर भएको हुनसक्ने आशंकमा अहिले लालबन्दी, बरहथवा र मलंगवाबाट खटिएका प्राविधिकहरुले गस्ती गरिरहेका छन् । जाडो मौसममा धेरै शीत पर्दा रुख विरुवाको हाँगाबाट निरन्तर बिजुलीको तारमा पानी झैँ शीत झर्दा यस्तो समस्या आउने गरेको प्राविधिकहरुले बताएका छन् ।

यता रातीदेखि बत्ती नहुँदा जिल्लावासीलाई मोवाईल चार्ज गर्नदेखि लिएर विद्युतीय उपकरणहरु चलाउन समस्या भएको छ ।