दोस्रो बागमती मेयर कपमा वडा नं. ८ फाइनलमा

4
शनिवारको खेल जित्दै फाइनलमा प्रवेश गरेको वडा नं. ८ को टिम । तस्बिर : राजु तामाङ

बागमती – सर्लाहीको बागमती नगरपालिका ३ धरहरामा जारी दोस्रो बागमती मेयर कप फुटबल प्रतियोगितामा वडा नं. ८ फाइनलमा प्रवेश गरेको छ ।

शनिवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक वडा नं. ३ को रातो टिमलाई ३–० गोलले पाखा लगाउँदै वडा नं. ८ उपाधी नजिक पुगेको हो । सो वडालाई फाइनलमा पु¥याउन सागर साहीले दुई र दिलिप विष्टले एक गोल गरे । शनिवारको खेलमा म्यान अफ दि म्याच भने आयोजकका सुदिप घिसिङ घोषित भए ।

शनिवारको बिजेताले अब प्रतियोगिताको उपाधिका लागि भोली (आइतवार) को खेलको बिजेतासँग आगामी मंगलवार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा आइतवार साबिक बिजेता वडा नं. २ र वडा नं. ७ ले अन्तिम सेमिफाइनल खेल खेल्ने छन् ।

अन्नपूर्ण साहारा क्लब धरहराले बागमती नगरपालिकाको सहयोगमा आयोजना गरेको प्रतियोगिताको बिजेताले ५१ हजार र उपबिजेताले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र हात पार्नेछन् ।