सर्लाहीमा मोटरसाईकल दुर्घटना बढेको बढ्यै, राजघाटमा भएको दुर्घटनामा दुई घाईते

1
सांकेतिक तस्बिर ।

बागमती – सर्लाहीमा दिनहुँ जसो मोटरसाइकल दुर्घटना भइरहेका छन् ।

बढ्दो दुर्घटनामा परी दैनिक मानिसहरु अंगभंग हुने क्रम बढेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । मोटरसाइकलको बढ्दो चाप, तीव्र गति, ट्राफिक नियमको बेवास्ता, मदिरा सेवन र कच्ची सडकका कारण मोटरसाइकल दुर्घटना घट्नुको साटो बढिरहेको हो ।

सोही क्रममा बिहिवार साँझ जिल्लाको बागमती नगरपालिका ७ राजघाटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । बा ४४ प ९५९७ नम्वरको मोटरसाइकल पैदल यात्रीलाई ठक्कर दिएर पल्टिएको थियो । दुर्घटनामा पैदलयात्री त्यही ठाउँका ४० वर्षीय राकेश भुजेल र मोटरसाइकल चालक २७ वर्षीय विवेक भुजेल घाईते भएका प्रहरी चौकी राजघाटले जनाएको छ ।

दुवै घाईतेको बरहथवामा उपचार चलिरहेको छ । हुस्सु लाग्ने अहिलेको समयमा भिजिविलिट अर्थात अगाडि पछाडिको दृश्य देख्न मुस्किल पर्ने भएकाले बिहान–बेलुका यात्रा गर्दा होस् वा सवारी चलाउँदा चनाखो हुन प्रहरीले आग्रह गरेको छ ।