बुढाथोकीद्वारा हरिवन युवा क्लबलाई जर्सी

9
क्लबका प्रशिक्षक सिन्दाली र सचिव कर्णलाई जर्सी हस्तान्तरण गर्दै कांग्रेस नेता मैनाली । (तस्बिर : उज्यालो अभियान)
जर्सी लगाएका खेलाडीहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – समाजसेवी युवराज बुढाथोकीले सर्लाहीको सबै भन्दा पुरानो हरिवन युवा क्लबलाई बिहिवार जर्सी उपलब्ध गराएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा २०४३ सालमा दर्ता भएको क्लबलाई समाजसेवी बुढाथोकीले २२ थान जर्सी सहयोग गरेका हुन् । उनले नेपाली कांग्रेसका युवा नेता निरमुनि मैनालीमार्फत क्लबका सचिव सन्जु कर्ण र प्रमुख प्रशिक्षक सुमन तिलक सिंन्दालीलाई जर्सी हस्तान्तण गरेका क्लबले जनाएको छ ।

बुढाथोकीले आगामी दिनमा पनि आफ्नोतर्फबाट क्लबलाई सहयोग रहिरहने बताए । कांग्रेसका युवा नेता मैनालीले पनि जर्सी हस्तान्तरण गर्दै यस क्षेत्रको पुरानो फुटबल क्लबलाई अघि बढाउन साथ दिने बताएका क्लबका सचिव कर्णले जानकारी दिए । केही वर्षदेखि निष्कृय रहेको क्लबलाई गत बुधबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा नविकरण गरिएको छ ।