सेन्ट्रलद्वारा वृद्धाश्रममा खाद्यान्न सहयोग

3
आश्रममा खाद्यान्न हस्तान्तरण गर्दै फाइनान्सका टिम र आश्रम परिवार । (तस्बिर : उज्यालो अभियान)

जुटपानी – सेन्ट्रल फाईनान्स लिमिटेडको लालबन्दी शाखाले सर्लाहीको जुटपानी आश्रममा मंगलबार खाद्यान्न सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लालबन्दी नगरपालिका–२ जुटपानी स्थित पद्म भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा सो संस्थाबाट ३६ हजार ५०० रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराइएको हो । संस्थाले चामल, दाल, तेल, आलु, प्याज लगायतका खाद्य सामग्री प्रदान गरेको आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् । सेन्ट्रल फाईनान्स लिमिटेड लालबन्दी शाखाका प्रवन्धक उमेश भट्टराई लगायत कर्मचारीहरु आश्रममा पुगेर आश्रमका संरक्षक बासुदेव शरण कोइरालालाई खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।