पत्थरकोटमा वौद्ध गुम्बाको उदघाटन

10
गुम्बा उद्घाटन समारोहमा उपस्थित पूर्व मन्त्री श्रेष्ठ र अन्य अतिथिहरु ।

पत्थरकोट – सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१३ तल्लो पत्थरकोटमा वुधवार आर्य मन्जुश्री वौद्ध गुम्बाको उद्घाटन गरिएको छ ।

९ लाख ८० हजार रुपैयाँ लागतमा निर्मित गुम्बाको संविधान सभा सदस्य एवं पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले उद्घाटन गरेका हुन् । गुम्बा बनाउन स्थानीय वीरबहादुर ब्लोनले दुई कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

ब्लोनले दिएको दुई कठ्ठा र थप केही जग्गा खरिद गरी रीता योन्जन घलानको अध्यक्षतामा महिला मात्रै पदाधिकारी रहेको निर्माण समेतले गुम्बा निर्माणको काम पूरा गरेको गुम्बा व्यवस्थापन समितिका सचिव वुद्धसिंह लामाले जानकारी दिए । गुम्बा व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर ब्लोनको अध्यक्षतामा आयोजित कार्यक्रमका वक्ताहरुले वडाध्यक्ष शिवकृष्ण वैध र अन्य जनप्रतिनिधि लगायतले गुम्बा निर्माणमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।

वडाध्यक्ष वैधले गुम्बामा अर्को तल्ला थप्न आगामी दिनमा वडाको तर्फबाट सहयोग गर्ने समेत बताए । कार्यक्रममा सोही वडाका वडासदस्य मोहन राउतले गुम्बामा थप भौतिक संरचना निर्माण गर्न आफ्नो व्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बौद्ध दर्शन, प्रवद्र्धन तथा गुम्वा विकास समितिका केन्द्रीय सदस्य विश्व कुमार लामा, नेपाली कांग्रेसका महासमिति सदस्य दिपक अधिकारी, लालबन्दी नगर सभापति प्रशान्त आचार्य, महाधिवेशन प्रतिनिधी ईन्द्र योन्जन, नारायण गुर्मछान लगायतले मन्तव्य राख्नु भएको थियो ।