ओलीमाथि प्रचण्डले लगायको आरोपको भन्डाफोर अभियानमा विद्यार्थी नेताहरुकाे दाैडाहा

11

हरिवन – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो समय दुई अध्यक्षबीचकाे लिखित आरोप प्रत्यारोपबारे प्रश्ट्याउँदै विद्यार्थीं नेताहरु देश दाैडाहामा लागेका छन् ।

प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी ओली निकट विद्यार्थी नेताहरु आज (बुधबार) सर्लाही आईपुगेका हुन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीमाथि लगाएकाे लिखित आराेपकाे भण्डाफाेर एवं ओलीकाे पक्षमा विद्यार्थीहरु बीच माहाेल बनाउन उनिहरुले देशदाैडाहा गरेकाे सर्लाहीका एक विद्यार्थी नेताले बताए । अखिल नेपाल रास्टिय स्वतन्त्र विद्यार्थी युनियनका संयोजक ऐन महरको नेतृत्वमा आरसि लामिछाने, रश्मि आचार्य, महेस बर्तौला, सुनिता बराल, सैलेश लामा लगायतकाे टाेली देश दाैडाहामा हिँडेकाे हाे ।

पुर्वबाट आएकाे टाेलीले बुधबार सर्लाहीकाे लालबन्दी र हरिवनमा विद्यार्थी नेताहरुसँग भेटघाट गरेकाे वताईएकाे छ । उनिहरु बुधबार दिउँसै राैतहटतर्फ लागेका छन् ।