रामजानकीको साधारण सभा सम्पन्न

4

बागमती – सर्लाहीको बागमतीमा रहेको श्री राम जानकी साना किसान कृषि सहकारी संस्थाको आठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको कार्यालय परिसरमा आयोजित सभाको बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले उद्घाटन गरेकी थिईन् । संस्थाको बार्षिक प्रगती प्रतिबेदन अध्यक्ष अन्जु पौडेलले सभा समक्ष प्रस्तुत गरिन् ।

संस्थाले गत आर्थिक बर्ष २०७६÷०७७ मा कुल ३ करोड ९२ लाख ३२ हजार २ सय रुपैयाँ ३८ पैसा बराबरको कारोवार गरेर ९ लाख ११ हजार ४ सय ८२ रुपैयाँ ४६ पैसा खुद् मुनाफा गरेको जनाएको छ । कार्यक्रममा बृहत खानेपानी आयोजनाका अध्यक्ष बसन्तराज भट्टराई विशिष्ट अतिथी, बागमती नगरपाकिला १, २, ३ का वडाध्यक्षहरु क्रमशः गंभिर सिङ पाख्रिन, दिपक लामा, तिलक मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

साविक ढुंग्रेखोला गाविसलाई कार्यक्षेत्र बनाएर २०७० सालमा स्थापना भएको यस सहकारीमा ७२० जना महिला र १४३ जना पुरुष शेयर सदस्य रहेका छन् ।