चक्रघट्टाका आगलागी पीडितलाई सभासद् साहको सहयोग

3
अग्नी पीडितलाई सहयोग प्रदान गर्दै सभासद् साहका सहयोगी । (तस्बिर : उज्यालो अभियान)

चक्रघट्टा – सर्लाहीको चक्रघट्टा गाउँपालिका १ पडरीयाका अग्नी पीडित परिवारलाई सभासद् एवं समाजसेवी नरेन्द्र साहले सहयोग प्रदान गरेका छन् ।

साहले चक्रघट्टा नै घर भएका आफ्ना सहयोगी कृष्ण देव यादव मार्फत शनिवार अग्नी पीडित रामचन्द्र खत्वेको परिवारलाई खाद्यान्न र अन्य सरसामग्री उपलब्ध गराएका हुन् । बिहिवार राती आगलागी हुँदा खत्वे परिवारको कच्ची घर र घरभित्र रहेका सरसामानसहित छोरीको विवाहका लागि जोरजम्मा पारिएको सुनचाँदी समेत जलेर नष्ट हुँदा ४ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

उक्त परिवारलाई सभासद् साहले ५० किलो चामल, ५ किलो दाल, २ लिटर तेल, दुई थान म्याट, एक थान त्रिपाल, एक थान साडी, चार थान स्वीटर र भाडा सामग्री प्रदान गरेका हुन् । आगलागीबाट घरवारविहिन भएपछि बिचल्लीमा परेको खत्वे परिवार मनकारी व्यक्ति नरेन्द्र साहबाट सहयोग पाएपछि खुशी भएका छन् ।

घर खरानी भएपछि खत्वे परिवार कठ्यांग्रिदो चिसोमा पाल टाँगेर बसिरहेका छन् । खत्वेको परिवारमा श्रीमान श्रीमतीसँगै दुई÷दुई वटा छोरा छोरी छन् ।