आगलागीबाट छोरीको विवाहका सामान जलेर खरानी

7
प्रतिकात्मक तस्बिर

चक्रघट्टा – सर्लाहीको चक्रघट्टामा आगलागी हुँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

चक्रघट्टा गाँउपालिका–१ पडरियाका रामचन्द्र मण्डलको घरमा विहिबार राती आगलागी भएको हो । मण्डलको फुसको छानो भएको कच्ची घरमा आगो लाग्दा घर पूर्णरुपमा जलेर नष्ट भएको हो । छोरीको विवाहका लागि खरिद गरेर राखिएको कपडा, भाडाकुँडा, अन्नपात, सुनचाँदी लगायतका घरभित्रको सम्पूर्ण सामान जल्दा चार लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानविय र चौपाया भने क्षति नभएको प्रहरीले जनाएको छ ।

आगलागी सुरु भएको आधा घण्टापछि प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय चक्रघट्टाका प्रहरी नायब निरीक्षक लालबाबु पालले बताए । आगलागीको कारण खुल्न सकेको छैन् ।