शिक्षा शाखा प्रमुखहरुलाई मलंगवामा अभिमुखीकरण

2

मलंगवा – सर्लाहीको २० वटै पालिकाका शिक्षा शाखा प्रमुखहरुलाई सदरमुकाम मलंगवामा दुई दिने अभिमुखीकरण सुरु भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई मलंगवाको आयोजनामा बुधवारबाट सुरु भएको अभिमुखीकरण आज (बिहिवार) सम्म चल्नेछ । अभिमुखीकरणको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, मलंगवा नगरपालिकाका मेयर निरसल साह, अन्य पालिकाका प्रमुखहरु, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामआधार सिंह कुशवाहा लगायतको उपस्थितिमा उद्घाटन गरिएको हो ।

शिक्षा नीति तथा कार्यक्रम कार्यान्वयनका सम्वन्धमा अभिमुखीकरण प्रदान गरिने कार्यक्रममा जिल्लाका सबै पालिकाको शिक्षा शाखा प्रमुख एवं त्यस शाखामा कार्यरत कर्मचारीहरु सहभागी छन् ।