सर्लाहीको बेग्लाबेग्लै स्थानमा भएका सवारी दुर्घटनामा तीन जना घाईते

2
सांकेतिक तस्बिर ।

लालबन्दी – सर्लाहीको दुई स्थानमा सवारी दुर्घटनामा परि तिन जना घाईते भएका छन् ।

लालबन्दी नगरपालिका १ लखन्देही पुल नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८ प ३१८ नंको तेल बोकेको ट्यांक्रले विपरित दिशाबाट आँउदै गरेको बा १८ प ५७०० नंको मोटरसाईकललाई ठक्कर दिएको हो । मोटरसाईकल र ट्यांकर एकापसमा ठक्कर खाँदा मोटरसाईकल चालक हरिवन नगरपालिका ३ का ४५ वर्षिय रामसे राय यादव घाईते भएका हुन् । घाईते यादवको स्थानिय मनिषा हेल्थ केयरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यस्तै, बरहथवा नगरपालिका ७ दुुध डेरी चौकमा हिरापुरबाट बरहथवा तर्फ जाँदैै गरेको बिआर ३० डब्लु ६०२२ नंको मोटरसाईकलले पैदलयात्री स्थानिय ४६ वर्षिया चन्द्रकला देवि साहलाई ठक्कर दिएको हो । घाईते महिलालाई उपचारका लागि भेनस अस्पताल बरहथवा लगिएको छ ।

यसैविच, मोटरसाईकल चालक बलरा नगरपालिकाका १८ वर्षि राजु मण्डललाई पनि सामान्य चोट लागेको छ । दुवै सवारी दुर्घटनामा संलग्न सवारी तथा सवारी चालक दुवैलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।