युवा गजलकार प्याकुरेल सम्मानित

6
युवा गजलकार प्याकुरेललाई सम्मान प्रदान गर्दै प्रदेश सांसद डिल्ली प्रसाद उप्रेती, मेयर गणेश प्रसाद प्रसाई । (तस्बिर सौजन्य : प्याकुरेलकै फेसबुकबाट)

हरिवन – युवा गजलकार विवेश प्याकुरेललाई सर्लाहीको सुखेपोखरीमा सम्मान गरिएको छ ।

हरिवन नगरपालिका ११ निवासी १८ वर्षीय प्याकुरेलले यथार्थ नामक १०१ वटा गजल संग्रहित पुस्तक केही दिनअघि मात्रै प्रकाशित गरेका थिए । प्याकुरेललाई हरिवन–१०, स्थित चतुर्भूजेश्वर जनता बहुमुखी सुखेपोखरी क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी सर्लाही साहित्य समाज उपशाखा हरिवन र चतुर्भूजेश्वर सामुदायिक पुस्तकालय हरिवनले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरी सम्मान गरेका हुन् ।

समाजसेवी यमिनीकुमार दीपको अध्यक्षता एवं प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बासुदेव निरौला, विभिन्न पार्टीका प्रतिनिधि, जनप्रतिनिधि, साहित्यिक व्यत्तित्व लगायतको उपस्थिति थियो ।