सर्लाहीको लक्ष्मीपुरबाट ६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

7
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पुरुष । (तस्बिर सौजन्य : सर्लाही प्रहरी)

हरिपुर – महोत्तरीको बर्दिवासमा ६ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै भारत घरभई सर्लाहीको हरिपुर नगरपालिका–६ लक्ष्मीपुर कोद्राहमा बस्ने एक व्यक्तिले आफ्नी ६ वर्षकी छोरीलाई पटक–पटक बलात्कार गर्दै आएको घटना सार्वजनिक भएको छ ।

लक्ष्मीपुरस्थित ससुराली घर भई ईटा उद्योगमा कार्यरत ती ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेपछि यो घटना बाहिर आएको हो । प्रहरीले घटना थाहा पाउने बित्तिकै भारत मुज्जफरपुरका ती पुरुषलाई शनिवार पक्राउ गरिसकेको छ । उनलाई आइतवार सर्लाही जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले उज्यालो अभियानसँग बताए ।

‘बालिकाकी आमाले उजुरी गरेपछि पक्राउ गरेका हौं, घटनाबारे थप अनुसन्धान जारी नै छ’, डीएसपी कुँवरले भने । ती पुरुषले पछिल्लो पटक २०/२५ दिन पहिले र तीन दिनअघि मंसिर १२ गते आफ्नै एकमात्र छोरीलाई करणी गरेको पाइएको प्रहरीले जनाएको छ ।

अभियुक्तका दुई छोरा र एक छोरी छन् । श्रीमानले १२ गते राती इटा उद्योगकै परिसरमा रहेको झुपडीमा छोरी सुतिरहेका बेला बाहिर लगेर बलात्कार गरेको भन्दै श्रीमती आफै शनिवार बिहान ईलाका प्रहरी कार्यालय हरिपुरमा आएर जानकारी गराएकी थिईन् । लगत्तै हरिपुरबाट प्रहरी निरीक्षक बिक्रम साहको कमाण्डमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा ती पुरुषले ६ वर्षकी छोरीलाई यौनीमा लिंग छिराउने प्रयास गरेको र मुखमा बिर्य स्खलन समेत गराएको पाइएको डीएसपी कुँवरले बताए । ती पुरुषलाई अहिले ईलाका प्रहरी कार्यालय हरिपुरका हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धानकै क्रममा अभियुक्त र पीडित बालिका दुवैलाई जिल्ला अस्पताल मलंगवा लगेर स्वास्थ्य परीक्षण गराईसकिएको जनाएको छ ।