सांसद् साहद्वारा सामुदायिक भवनको उद्घाटन

8

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–११, हीरापुरमा बनाइएको सामुदायिक भवनको शनिवार उद्घाटन गरिएको छ ।

क्षेत्र नं. १ का संघीय सांसद प्रमोद कुमार साहको क्षेत्र विकास कोषको रकमबाट निर्मित सामुदायिक भवनको सांसद साहले नै उद्घाटन गरेका हुन् । भवन निर्माण समितिका अध्यक्ष योगेन्द्र महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य सन्चमाया मोक्तान, लालबन्दी नगरपालिका ११ का वडाध्यक्ष दीपक कुमार लामा लगायतको आतिथ्यता रहेको थियो ।

सांसद साहले भवन निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरेका थिए । तर सोलार जडान, ईनार निर्माण लगायतका काम गर्दा बढी रकम खर्च भएको सांसद साहले बताए ।
सामुदायिक भवनको उद्घाटन गर्दै संघीय सांसद् साह लगायत । (तस्बिर ः संघीय सांसद् साहको फेसबुक वालबाट)