तरकारी संकलन केन्द्रमा कृषि उपकरण सहयोग

कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष बोम्जन र साथमा अन्य अतिथिहरु ।

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११ स्थित बासाटोलमा रहेको तरकारी संकलन केन्द्रमा शनिवार कृषि उपकरण र सामग्री वितरण गरिएको छ

इलम हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपालको सहयोगमा सामुदायिक कृषि उद्यम विकास केन्द्र सर्लाही कृषक संस्था हरिवन ११ ले तरकारी संकलन केन्द्रका व्यापारीहरुलाई सामग्री प्रदान गरेको हो । तरकारी संकलन केन्द्रका चार जना व्यापारीलाई जनही एक÷एक थान टेबल, डिजिटल ढक, क्यालकुलेटर र दुई–दुई वटा कुर्सी सहयोग गरिएको संस्थाकी अध्यक्ष सोनी कुमारी बोम्जनले जानकारी दिईन् ।

संस्थाकी अध्यक्ष बोम्जनको अध्यक्षता एवं हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा सामग्री प्रदान गरिएको हो । तरकारी संकलन केन्द्रको केही साताअघि मात्रै औपचारिक रुपमा उद्घाटन गरिएको थियो ।

हरिवन नगरपालिकाले राजमार्ग क्षेत्रमा लाग्दै आएको खसी बजार दशैँदेखि तरकारी संकलन केन्द्र रहेकै क्षेत्रमै ल्याएर राख्दै आएको छ ।