चन्द्रनगरमा प्रदेश सांसद् महतोले गरे पुल उद्घाटन

3
रिवन काटेर पुल उद्घाटन गर्दै प्रदेश सांसद् महतो लगायत कार्यक्रममा उपस्थित व्यक्तित्वहरु । (तस्बिर : प्रदेश सांसद् महतोको फेसबुकबाट)

चन्द्रनगर – चन्द्रनगर गाउँपालिका अन्तर्गत कटही खोलामा निर्माण भएको पक्की पुलको आईतबार उद्घाटन गरिएको छ ।

क्षेत्र नं. १ क प्रदेश सभा सदस्य उपेन्द्र महतोले रिवन काटेर तथा शिलालेख अनावरण गरेर पुलको उद्घाटन गरेका हुन् । चन्द्रनगर गााउँपालिका अन्तर्गत पोखरिया र नाढीताल जोड्ने सडक स्थित कटही खोलामा निर्मित पुल उद्घाटन समारोहमा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो, विभिन्न राजनैतिक दलका नेताहरुको उपस्थिती रहेको थियो ।

उक्त पुल ८५ लाख रुपैंया लागतमा बनेको बताईएको छ ।