छोराको जन्मदिनमा वृद्धवृद्धालाई मिष्ठान्न भोजन

3

जुटपाटी – छोराको जन्मदिनका अवसरमा एक परिवारले शुक्रवार सर्लाहीको जुटपानी आश्रमका वृद्धवृद्धालाई भोजन गराएको छ ।

लालबन्दी नगरपालिका–२ जुटपानी निवासी प्रकाश खड्का र श्रीमती सिर्जना कार्की खड्काले छोरा प्रसिद्ध खड्का ५ वर्ष पूरा भएको अवसरमा शुक्रवार जुटपानीमै रहेको पद्म–भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा आश्रय लिएर बसिरहेका वृद्धवृद्धालाई भोजन गराएका हुन् । आफ्ना सन्ततिबाट अपहेलित भई आश्रममा आएर बसिरहेका वृद्धवृद्धालाई जन्मोत्सव, वैवाहिक वर्षगाँठ, पुण्यतिथी लगायतका अवसरमा यसरी मनकारी व्यक्तिहरुले एक दिन भएपनि भोजन गराईदिँदा आश्रम सञ्चालनमा टेवा पुगिरहेको आश्रम संचालक समितिकी अध्यक्ष भवानी कोइरालाले बताईन् ।