कैलाशपुरीमा ज्येष्ठ नागरिक भवन

8
कैलाशपुरीमा ज्येष्ठ नागरिक भवन शिलान्यास हुँदै । (तस्बिर सौजन्यः सामाजिक सन्जाल)

हरिवन – चुरेक्षेत्रस्थित सर्लाहीको हरिवन नगरपालिका–१, कैलाशपुरीमा हिजो (बिहिवार) सुख ज्येष्ठ नागरिक आवास भवनको शिलान्यास गरिएको छ ।

सहरी विकास तथा भौतिक निर्माण मन्त्रालयको ५ करोड रुपैयाँको लागतमा बन्ने भवनको राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान र प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रतीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । कैलाशपुरी महादेव मन्दिरको परिसरमा मन्दिरकै नाममा नम्वरी दर्ता कायम रहेको जग्गामा बेवारिसे ज्येष्ठ नागरिकलाई आश्रय दिने गरी सुख ज्येष्ठ नागरिक आवास भवन निर्माण गर्न लागिएको मन्दिरका अध्यक्ष दुर्गा नारायण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठकै अध्यक्षतामा आयोजित भवन शिलान्यास समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका इन्चार्ज डाचाराज वाग्ले, हरिवन–१ का वडाध्यक्ष रामबहादुर क्यापछाकी मगर, अन्य सरोकारवाला र स्थानीय वासिन्दाको उपस्थिति थियो ।