सागरनाथ जंगलमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

10
सांकेतिक तस्बिर ।

सागरनाथ – पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको सागरनाथ जंगलमा पन्चर भएर रोकीराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको ज्यान गएको छ ।

गएसाँझ सबा ६ बजेतिर भएको दुर्घटनामा महोत्तरीको माईस्थान ३ का ३८ वर्षीय सुक्रबहादुर मोक्तानको ज्यान गएको हो । ईश्वरपुर नगरपालिका ५ स्थित सागरनाथ डाका चौकमा पन्चर भएर रोकीराखेको ज १ त ३४९० नम्वरको काठ लोड भएको ट्याक्टरमा मोक्तानले चलाएको बा ८९ प ८८३८ नम्वरको मोटरसाइकल ठोक्किन पुगेको थियो ।

दुर्घटनामा गम्भीर घाईते हुनु भएका मोक्तानलाई उपचारका लागि लालबन्दीतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी फूलजोरले जनाएको छ ।

अहिले बिहान मोडल अस्पताल लालबन्दीमा रहेको मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवातर्फ पठाउने तयारी भइरहेको छ । साँझ अध्यारो हुँदै गर्दा रोकिराखेको ट्याक्टर ठम्याउन नसक्दा मोटरसाइकल त्यसमा गएर ठोक्किएको हुनसक्ने अनुमान गरिएको छ ।