नगर स्वास्थ्य नीति बनाउँदै गोडैता नगरपालिका

40
नगर स्वास्थ्य नीति बनाउन आयोजित गोष्ठी । (तस्बि सौजन्य : प्रमोद पण्डित)

गोडैता – सर्लाहीको गोडैता नगरपालिकाले नगर स्वास्थ्य नीति बनाउन वुधवारबाट कार्यशाला गोष्ठी सुरु गरेको छ ।

स्वास्थ्य क्षेत्रको नीति बनाउन सेभ द चिडे«न नामक संस्थासँग समन्वय गरी नगरपालिका कार्यालयले वुधवारबाट तीन दिने कार्यशाला गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा स्वास्थ्य क्षेत्रका विज्ञसँगै नगरभित्रका सरोकारवालाहरुलाई सहभागी गराइएको गोडैता नगरपालिकाका स्वास्थ्य शाखा उप–संयोजक प्रमोद पण्डितले जानकारी दिए ।

उनका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बीकाउ कुमार यादवले आज गोष्ठीको उद्घाटन गरेका हुन् । सर्लाहीका धेरैजसो पालिकाले स्वास्थ्य क्षेत्र लगायत अन्य अत्यावश्यक क्षेत्रका आफ्नै नीति बनाउन सकेका छ्रैनन् । पालिकाहरुले संघ र प्रदेश सरकारको नीतिसँग नबाझिने गरी नीतिहरु बनाउनु पर्ने हुन्छ ।

नीति बनाएकै पालिकाहरुले पनि कडाईका साथ पालना नगर्दा जिल्लामा अवैध स्वास्थ्य संस्था मौलाउने, नागरिकको ढाड सेक्ने गरी मनपरी शुल्क लिने र ठूला किसिमका अपृय घटना हुँदा कारबाही गर्न समस्या हुँदै आएको छ ।