हजरियामा भेटियो ९ फिटको अजिंगर

11
सर्लाहीको हजरियामा वुधवार फेला परेको अजिंगर । (तस्बिर : उज्यालो अभियान)

हजरिया – सर्लाहीको बरहथवा नगरपालिका १ हजरियामा वुधवार करिव ९ फिट जति लामो अजिंगर फेला परेको छ ।

घाँस काट्न जाँदा स्थानीय वासिन्दाले उखु बारीभित्र झण्डै ११ किलो जतिको अजिगंर फेला पारेका हुन् । सो अजिगंर वुधवार नै सव–डिभिजन वन कार्यालय मूर्तियाबाट खटिगएको कर्मचारी टोलीले हरिपुर नगरपालिका–१, मा रहेको बिहानी सामुदायिक वनमा ल्याएर छाडेको छ ।

यो पनि पढ्नोस्

सर्लाहीको राजघाटमा आठ फिट लामो अजिंगर भेटियो

तीन दिनअघि मात्रै बागमती नगरपालिकाको राजघाट क्षेत्रबाट ८ फिट जति लामो यस्तै किसिमको अजिगंर फेला परेको थियो । त्यसलाई पनि जानकीनगरकै वनमा ल्याएर छाडिएको थियो ।

पछिल्लो समय वन क्षेत्रमा बढ्दो मानव हस्तक्षेपले वन्यजन्तु, पशुपंक्षी बास स्थान तथा आहारको खोजीमा मानव बस्ती र खेतबारीमा पस्न थालेका छन् ।