क्षेत्र विकास कोषको रकमबारे पर्सा गाउँपालिकामा छलफल

1
कार्यक्रमलाई सम्वोधन गर्दै संघीय सांसद महेन्द्र राय यादव । (तस्बिर सौजन्य : सामाजिक सन्जाल)

पर्सा (सर्लाही) – सर्लाहीको २ नम्वर निर्वाचन क्षेत्र अन्तर्गत केन्द्र र प्रदेशका सांसदको क्षेत्र विकास कोषको रकमबारे हिजो (सोमवार) पर्सा गाउँपालिकामा छलफल गरिएको छ ।

पर्सा गाउँपालिका ५ स्थित प्राथमिक विद्यालयको हाताभित्र कोषको रकम के–के मा खर्च गर्ने भन्ने सम्वन्धमा छलफल भएको हो । जसमा २ नम्वर क्षेत्रका संघीय सांसद महेन्द्र राय यादवले आफ्नो क्षेत्र विकास कोषको रकम यो वर्ष किसानका खेतबारीमा सिँचाई पु¥याउने उद्देश्यले स्यालो ट्यूबेलमा खर्च गर्ने बताए । उनले क र ख निर्वाचन क्षेत्रमा समान २÷२ करोड रुपैयाँ खर्च गर्ने जानकारी समेत कार्यक्रममै गराए ।

स्थानीय वासिन्दाले कृषि विद्युतीकरणमा पनि ध्यान दिन आग्रह गरेका थिए । पर्सा गाउँपालिकामा कृषि विद्युतीकरणका लागि पर्सा गाउँपालिकाले मात्रै गत वर्ष ७५ लाख रुपैयाँ खर्च गरेको गाउँपालिका अध्यक्ष किसुनदेव रायले बताए ।

छलफलमा पर्सा गाउँपालिकानै घर भएका प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, २ नम्वर क्षेत्र अन्तर्गत क मा पर्ने क्षेत्रका जनप्रतिनिधि तथा जसपाका नेता कार्यकर्ताहरु सहभागी थिए । त्यसै क्षेत्रका प्रदेश सांसद गौरीनारायण साह भने कार्यक्रममा सहभागी भएका थिएनन् ।