आगलागीबाट किसानको चौपाय बाध्ने गोठ जल्यो

5
प्रतिकात्मक तस्बिर

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिका ५ मोहनपुरमा हिजो (सोमवार) राती आगलागी हुँदा एक जना किसानको चौपाय बाध्ने गोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट ईनरदेव महतोको खरको छानो र टाटीको बेरा भएको गोठ जलेर नष्ट भएको हो । आगोले एउटा भैँसी जलेर घाईते हुनुका साथै गोठ पूर्णरुपमा जलेर नष्ट हुँदा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

सोमवार राती पौने १० बजेतिर भएको आगलागी प्रहरी र गाउँले मिलेर झण्डै १ घण्टापछि निभाएका थिए । आगालागीको कारण खुलिसकेको छैन् ।

अहिले सुख्खा मौसममा आगलागीका घटना बढिरहेका र थप जोखिम रहेकाले सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।