सर्लाहीको राजघाटमा आठ फिट लामो अजिंगर भेटियो

5
सर्लाहीको राजघाटमा फेला परेको अजिङ्गर । (तस्बिर : उज्यालो अभियान)

मूर्तिया – सर्लाहीको बागमती नगरपालिका ७ राजघाटमा करिव आठ फिट लामो अजिंगर फेला परेको छ ।

स्थानीयहरुले जङ्गल नजिकैको खेतमा काम गरिरहेको समयमा लोपउन्मुख अजिंगर फेला पारेका हुन् । सो अजिंगर आज सोमवार हरिपुर नगरपालिका १ जानकीनगरमा रहेको बिहानी सामुदायिक वनमा ल्याएर छाडिएको सव–डिभिजन वन कार्यालय मूर्तियाका प्रमुख चन्द्रप्रकाश यादव (सीपी) ले जानकारी दिए । उनका अनुसार कार्यालयबाट कर्मचारी पठाएर अजिंगरलाई सुरक्षितसँग नियन्त्रणमा लिई जंंगलमा ल्याएर छाडिएको हो ।

पछिल्लो समय बढ्दो वन विनाश, अतिक्रमण र चोरी तस्करीले यस्ता किसिमका विभिन्न वन्यजन्तु, पंक्षी लोप हुने क्रम बढ्दै गइरहेको छ ।