समाजसेवी आचार्यद्वारा मदरसामा सहयोग

आईतबार बिहान मदरसामा सहयोग घोषणा कार्यक्रममा उपस्थितहरु । (तस्बिर : उज्यालो अभियान)

ईश्वरपुर – ईश्वरपुर नगरपालिका अन्तर्गत भक्तिपुर निवासी समाजसेवी मनोज आचार्यले मदरसामा सौचालय निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।

ईश्वरपुर नगरपालिका–६, धनजोर टोल स्थित मदरसालाई सौचालय निर्माणका लागि दुई लाख ५० हजार रुपैंया सहयोग गरेका हुन् । अलजामेअतुर रिजविया नरुल ईस्लाम नामक मदरसा परिसरमा सौचालय निर्माणका लागि आचार्यले नगद सहयोग गरेको बताईएको छ । सौचालय निर्माणको काम सूरु भईसकेको छ ।