लक्ष्मीपूजा गर्न बालिएको मैनबत्तीबाट सल्केको आगोले लाखौंको क्षति

5
प्रतिकात्मक तस्बिर

मलंगवा – लक्ष्मीपूजाको अवसरमा दिपावली गर्न बालिएको मैनबत्तीको आगो सल्केर
लाखौंको क्षति भएको छ ।

शनिबार राती बाग्मती नगरपालिका–१, डुमाजोर निवासी सुनिल तामाङको घरमा लक्ष्मीपूजा गर्न बालेको मैनबत्तीको आगो सल्किँदा लाखौंको क्षति भएको हो । राती साँढे आठ बजेतिर भएको आगलागीबाट तामाङको दुई तले कच्ची घर तथा घर भित्र भएका लत्ताकपडा, अन्नपात, फर्निचर लगायत नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । स्थानीय बासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिईएकाले थप ठूलो क्षति हुनबाट जोगिएको स्थानीय बासिन्दाले बताएका छन् ।

त्यस्तै ब्रहम्पुरी गाउँपालिका–१ निवासी निरज साहको गोठ घरमा बालेको मैनबत्तीबाट सल्केको आगोले गोठ एवं गोठ भित्र रहेका एक पाडो र चारवटा बाख्रा मरेको प्रहरीले जनाएको छ । शनिबार साँझ सबा सात बजे भएको आगलागीबाट एकलाख भन्दा बढीको क्षति भएको प्रहरीले जनायो ।

त्यसैगरी शनिबार राती आठ बजे बरहथवा नगरपालिका–७ स्थित बरहथवा बजारमा मोहमद मफुज आलमको आरसी कम्प्लेक्समा रहेको जुत्ताचप्पल पसलमा आगलागी हुँदा १० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरहथवा नगरपालिका–९ निवासी मनोज कुशवारको गन्तब्य शू सेन्टरमा विद्युत सर्ट भई आगलागी भएको हो ।

त्यस्तै शनिबार साँझ सबा सात बजे गोडैता नगरपालिका–८ मा रोकी राखेको ना. ७ ख ३५१५ नम्बरको बसमा सोही बसकै ब्याट्रीको करेन्ट सट भई आगो लागी हुँदा झण्डै १० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा, सुरक्षाकर्मी र दमकलको सहयोगले आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।