कविलासीमा बहुजन समाज परिषद्को नगर समिति गठन

2
भेलाका सहभागीहरु ।

कविलासी – सर्लाहीको कविलासीमा बहुजन समाज परिषद् नेपालको नगर समिति चयन गरिएको छ ।

नगरभित्रका दलितहरुको वुधवार सम्पन्न भेलाबाट रामजिनेश मण्डल संयोजक रहने गरी ३१ सदस्यीय समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा नयनकुमारी सिंह दनुवार र राम अयोधी माझी, सचिवमा संजय राम, सह–सचिवमा विदेशी महरा, कोषाध्यक्षमा रामेश्वरी माझी लगायत चयन भएका छन् ।

भेलामा परिषद्का केन्द्रीय संयोजक हरिनन्दन कुमार रन्जन, नेता राजाराम पासवान लगायत उपस्थित थिए । परिषद्को केही साता अघि मात्रै मलंगवामा भेला गरी जिल्ला स्तरीय कार्य समिति चयन गरिएको थियो भने भर्खरै ईश्वरपुर नगरपालिका र रामनगर गाउँपालिकामा पालिका स्तरीय कार्य समिति गठन गरिएको छ ।