सोल्टीको साना किसानले मनायो १४ औँ वार्षिकोत्सव

12

घनश्याम बलम्पाकी/ शंकरपुर, कात्तिक २२ – सर्लाहीको बागमती नगरपालिका–१०, सोल्टीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको शनिवार १४ औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।


सभामा संस्थाले गत आर्थिक वर्ष २०७६÷०७७ मा ४८ करोड कुल कारोवार गरी ९४ लाख खुद मुनाफा गरेको संस्थाका प्रवन्धक माधव प्रसाद काफ्लेले जानकारी दिए । साधारण सभाकै अवसरमा संस्थाले आफ्ना अति विपन्न शेयर सदस्यहरुको हित तथा जीविकोपार्जनमा टेवा पु¥याउन एक करोड रुपैयाँ छुट्याई ४० प्रतिसत पशुपालन, ३० प्रतिसत तरकारी र ३० प्रतिसत सीप प्रवद्र्धनमा ३ प्रतिसत ब्याजमै ऋण प्रवाह गर्ने निर्णय भएको जानकारी गराइएको छ ।


संस्थाकी अध्यक्ष कमला कुमारीको अध्यक्षता एवं बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरिएको हो ।

सभाको उद्घाटन सत्रमा शंकरपुरमा रहेका सूर्योदय सहकारीका अध्यक्ष इन्द्र दाहाल, ग्रामीण विद्युत् सहकारीका अध्यक्ष भीमप्रसाद कोइराला, दिदी बहिनी सहकारकी अध्यक्ष कौशिला निरौला, शंकरपुरका पूर्व गाविस अध्यक्ष भूपेन्द्रमान श्रेष्ठ, सहकारीकर्मी झप्पडबहादुर बस्नेत, अर्जुन देवकोटा, जंगबहादुर महतो, शंकरपुर खानेपानीका अध्यक्ष खड्गनारायण श्रेष्ठ लगायतको आतिथ्यता थियो ।

भुवन निरौलाको सञ्चालन एवं राजेन्द्र प्रसाद महतोको स्वागतमा कार्यक्रम साधारण सभा सम्पन्न भएको हो ।