सर्लाहीमा आज ६ घण्टा बत्ती नआउने

3
सांकेतिक तस्बीर ।

लालबन्दी – सर्लाही जिल्लाभर आज ६ घण्टा बिजुली बत्ती काटिँदै छ ।

अहिले केहीबेर पछिबाट दिउँसो २ बजेसम्मका लागि रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभी प्रशारण लाईन पूर्ण रुपमा अवरुद्ध गर्न लागिएको हो ।

तीहार र छठमा विद्युत् प्रवाहमा समस्या नओवस् भन्ने उद्देश्यले मर्मत सम्भारको काम गर्न लालबन्दी, बरहथवा र मलंगवा तीनवटै वितरण केन्द्रबाट प्राविधिक खटाएर मर्मतको काम गर्न बत्ती काट्न लागिएको नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले जानकारी दिए ।