पूर्व सांसद् नरेन्द्र साहद्वारा विपन्न परिवारलाई घर निर्माणमा सहयाेग तथा नयाँ कपडा प्रदान

11

चक्रघट्टा – पूर्व सांसद् नरेन्द्र साहले चक्रघट्टा गाउँपालिका-६, गाेईयाही निवासी एक विपन्न परिवारलाई घर निर्माण गरिदिएका छन् भने परिवारका सबै सदस्यलाई नयाँ लुगा प्रदान गरेका छन् ।

मागेर गुजारा चलाउँदै अाएकाे राजेन्द्र महताेकाे परिवारलाई शनिबार दिउँसाे घरमै पुगेर साहले नयाँ लुगा प्रदान गरे भने झण्डै एकलाख रूपैंया खर्चमा बनेकाे घरकाे समेत निरिक्षण गरेका छन् । चार वर्षअघि मृत्यु भएका राजेन्द्र महताेकी एक श्रीमति सुनिता तथा ५ छाेरी र २ छाेरा रहेका छन् । सानाे झुपडीमा अाश्रय लिएका उनिहरु मागेर गुजारा गर्दै अाएका थिए ।

अत्यन्त सानाे झुपडीमा बस्दै अाएका उनिहरुकाे अवस्था दयनिय देखेर अाफुले सानै भएपनि घर बनाउन सहयाेग गरेकाे तथा परिवारका सबै सदस्यलाई नयाँ लुगा प्रदान गरेकाे पूर्व सांसद् साहले बताए ।

फाेटाे क्याप्सन : शनिबार दिउँसाे गाेईयाही स्थित नयाँ बनेकाे घरमै पुगेर नयाँ लुगा प्रदान गर्दै पूर्व सांसद् साह । (तस्बिर : उज्यालाे अभियान)