मुक्तेश्वर युवा क्लब मुर्तिया सेमीफाइनलमा

21

हजरिया – मुक्तेश्वर युवा क्लब मुर्तिया, सर्लाहीको बरहथवा नगरपालिका–२, हजरियामा जारी दोस्रो शहीद सन्तवीर कुशवार गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

बिहिवार सम्पन्न दोस्रो खेलमा उत्थान नेपाल फुटबल क्लब हजरियामाथि १–० गोल गर्दै मूर्तिया सेमीफाइनलमा पुगेको हो । अब उसले फाइनल प्रवेशका लागि आज (शुक्रवार) जुटपानी युवा क्लब जुटपानीसँग खेल्नेछ ।

प्रतियोगितामा बिहिवार सम्पन्न पहिलो खेलमा भने ट्राइबे्करमार्फत लालीगुराँस युवा क्लब हजरियाले ४–२ गोल गर्दै हरिवन यूथ क्लब हरिवनलाई पराजित गरेको छ ।

निर्धारित समयमा दुवै टिमबाट १/१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटबाट नजिता निकालिएको हो । लालीगुराँसले अब सेमीफाइनल प्रवेशका लागि भोली (शनिवार) आयोजक सेभेनस्टार युवा क्लबसँग खेल्ने छ । सशस्त्र द्वन्द्वमा सहादत प्राप्त स्थानीय सन्तवीर कुशवारको स्मृतिमा आयोजित यस प्रतियोगिताको बिजेताले ५५ हजार ५ सय ५५ र उपबिजेताले २५ हजार ५ सय २५ रुपैयाँ प्राप्त गर्ने छन् ।

यता बाग्मती नगरपालिका–४, नयाँबस्तीमा आयोजित प्रथम नयाँबस्ती गोल्डकपमा पहिलो चरणका खेल विहिबारबाट सकिएका छन् । बिहिवार युनाईटेड यूथ क्लब रामपुरले पेनाल्टी सुटआउटमा ४–३ गोलले शितलनगर युवा क्लब र दोस्रो खेलमा साहसी युवा क्लब बाग्मती–२ ले बाग्मती–११ लोप्चन टोललाई १–० गोलले पराजित गरेका छन् ।