रवी स्मृति गोल्डकप : हरिपुरलाई उपाधि

5
बिजेता टिमलाई प्रथम शिल्ड प्रदान गर्दै मेयर मनोज कुमार देवकोटा । तस्बिर: उज्यालो अभियान

बयलवास – दिवंगत भूतपूर्व सैनिक रवी बुढाथोकीको स्मृतिमा सर्लाहीको रामपुरमा आयोजित फुटबल खेलको उपाधि सनराईज युवा क्लब हरिपुरले उचालेको छ ।

ईश्वरपुर नगरपालिका–८, स्थित रामपुर खेल मैदानमा बुढाथोकीको सम्झना गर्दै आयोजित पहिलो संस्करणको उपाधि सनराईजको पोल्टामा परेको हो । सनराईजले न्यू युनिभर्सल युवा क्लब मनहर्वाविरुद्ध वुधवार (हिजो) फाइनलमा १ का विरुद्ध ४ गोल गर्दै उपाधि जितेको आयोजक जनजागृति युवा क्लब रामपुरका अध्यक्ष अनिल दाहालले जानकारी दिए ।

दाहालका अनुसार बिजेता हरिपुरले ३० हजार नगदसहित पहिलो शिल्ड र उपबिजेता मनहर्वाले २० हजार नगद साथै दोस्रो शिल्ड हात पारेका छन् । प्रतियोगिताका बिजेता तथा उपबिजेता र उत्कृष्ट खेलाडीहरुलाई ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटाले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा ३३ वटा क्लबले सहभागिता जनाएका थिए ।