मेयर-उपमेयर नमिलुन्जेल लेखा शाखामा ताला

2
मेयर उपमेयरकै बीचमा लेखा शाखामा ताला लगाउँदै जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी । तस्बिर: उज्यालो अभियान

मलंगवा – सर्लाहीको सदरमुकाम समेत पर्ने मलंगवा नगरपालिकाको लेखाशाखामा मेयर उपमेयरबीचको विवाद समाधान नहुन्जेलका लागि मंगलवार ताला लगाइएको छ ।


मेयर निरसल साह र उपमेयर शान्ति शबनम मिकरानीबीच द्वन्द्व चर्किएपछि जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी आफै मंगलवार दिउँसो नगरपालिका पुगेर मेयर र उपमेयरकै उपस्थितिमा लेखा शाखामा ताला लगाएका हुन् । विवाद मिलेपछि ताला खोल्ने सहमति भएको जिल्ला समन्वय समितिका सभापति चौधरीले उज्यालो अभियानसँग बताए ।

नगरपालिकामा करारमा कर्मचारी नियुक्ति लगायतका विषयमा कुरा नमिल्दा एउटै पार्टी नेपाली काँग्रेसबाट निर्वाचित मेयर साह र उपमेयर मिकरानीबीच केही समयदेखि राम्रो सम्वन्ध छैन् । उपमेयर मिकरानीले पछिल्लो समय कोरोना संक्रमण नियन्त्रणमा भएको खर्च, मेयरका स्वकिय सचिव र प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको छोरालाई दिइएको पेश्की रकमको विवरण, नगरपालिकाको बजेट लगायत सार्वजनिक हुनुपर्ने माग गरेकी छिन् ।

सोही माग राख्दै उपमेयर मिकरानी सहित केही वडाध्यक्ष र उनीहरु निकटका मानिसले मंगलवार दिउँसो मलंगवा बजारमा ¥याली समेत निकालेका थिए । नगरपालिकामा तालाबन्दी गर्ने उद्देश्यसहित निकालिएको ¥याली कार्यालय अगाडि पुग्नासाथ ठूलो संख्यामा तैनाथ सुरक्षाकर्मीले रोकेका थिए । लगत्तै जिल्ला समन्वय समितिका प्रमुख चौधरीले छलफल गरेर विवाद मिलाउने र त्यसबेला सम्मका लागि लेखा शाखा बन्द राख्ने भन्दै आफैले ताला लगाएका हुन् ।

उपमेयर मिकरानीले यसअघि सोमवार पनि लेखाशाखामा ताला लगाएकी थिईन् । त्यो ताला भने मेयर साहले सोमवार नै फोडेकी थिईन् । सर्लाहीमा उत्तरी भेगका केही पालिकामा बाहेक दक्षिणी भेगमा मेयर उपमेयर र अध्यक्ष उपाध्यक्षबीच राम्रो सम्वन्ध छैन् । प्रमुख उपप्रमुखको विवादले नागरिकले पाउनुपर्ने सेवा र विकासका काम धेरै ठाउँहरुमा प्रभावित भइरहेका छन् ।