पूर्व सांसद् साहले दिए वृद्धाश्रमलाई लो बेड र विपन्न परिवारलाई छाना

11
पूर्व सांसद साहलाई खादा ओढाएर आश्रममा स्वागत गर्दै संस्थापक बासुदेव शरण कोइराला । तस्बिर : उज्यालो अभियान

लालबन्दी – पूर्व सांसद एवं समाजसेवी नरेन्द्र साहले आइतवार सर्लाहीको जुटपानीस्थित पद्म भुवनेश्वरी नमूना वृद्धाश्रममा सहयोग गरेका छन् ।

उनले आश्रममा १२ थान लो बेड सहयोग गरेका हुन् । साहले आइतवार दिउँसो आश्रममै आएर वृद्धवृद्धालाई फलफुल र जुस वितरण गर्दै लो बेड प्रदान गरेका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिए ।

यस्तै मनकारी व्यक्ति साहले आइतवार नै अति विपन्न परिवार हरिवन नगरपालिका–१, कोठीखोलाका दुर्गालाल घिसिङको निर्माणाधिन घर छाउन ४८ थान जस्तापाता प्रदान गरेका छन् । साहले समाजसेवी निशान थापा मार्फत घिसिङको घर छाउन जस्तापाता सहयोग गरेका हुन् ।

पूर्व सांसद साहले यसरी विभिन्न समयमा समस्यामा परेका विपन्न तथा दलित परिवारलाई सहयोग गर्नुका साथै समाजसेवाका अन्य काम गर्दै आएका छन् ।