जसपाका दुई केन्द्रीय सदस्य सम्मानित

4

लालबन्दी – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय सदस्यमा मनोनित दुई जना नेतालाई बिहिवार सर्लाहीको लालबन्दीमा सम्मान गरिएको छ ।

पार्टीको लालबन्दी नगर कमिटीको आयोजनामा केन्द्रीय सदस्यमा मनोनित बमबहादुर मोक्तान र संजय पासवानलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । नगर कमिटी अध्यक्ष हिराकाजी लामाको अध्यक्षतामा केन्द्रीय सदस्यमा चयन भएका नेता मोक्तान र पासवानलाई सम्मान गरिएको जसपाको लालबन्दी नगर कमिटीका इन्चार्ज सुनिल कुमार साहले जानकारी दिए ।