जिल्ला स्तरीय ब्याडमिण्टन प्रतियोगिता सम्पन्न

6
प्रतियोगितामा सहभागि खेलाडीहरु बीच प्रमुख अतिथि संघीय सांसद् प्रमोद साह लगायत । (तस्बिर : उज्यालो अभियान)

ईश्वरपुर – ईश्वरपुर नगरपालिका अन्तर्गत बयलबासमा जिल्ला स्तरीय ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ ।

सोमबार साँझ सम्पन्न प्रतियोगितामा भेट्रान जोडी अर्थात ४५ बर्ष माथीको भिडन्तमा गौरव गुरुङ्ग र चेत ठकुरीको जोडी प्रथम भएको छ भने प्रेम गोले र तुलसी नारायण श्रेष्ठको जोडी दोस्रो भएको छ । त्यस्तै ४५ वर्ष मुनी उमेर समुहमा भने अर्जुन गोले र अजय लामाको जोडी प्रथम तथा जय गोले र उत्सव राज भण्डारीको जोडी द्वितिय भएको छ ।

विजया दशमीको शुभअवसरमा जिल्ला ब्याडमिण्टन संघद्वारा आयोजित दुई दिने प्रतियोगितामा जिल्लाभरका एक दर्जन बढी खेलाडीहरुको सहभागिता रहेको बताईएको छ । विजयी खेलाडीलाई क्षेत्र नम्बर १ का संघीय सांसद् प्रमोद साहले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।