नगर सभा सदस्यको निधनमा दुःख व्यक्त गर्दै हरिवन नगरभित्र आज सार्वजनिक बिदा

हरिवन – आफ्ना एक जना नगर सभा सदस्यको निधनमा दुःख व्यक्त गर्दै सर्लाहीको हरिवन नगरपालिकाले आज (वुधवार) एक दिन नगरभित्र सार्वजनिक बिदा दिएको छ ।

वडा नं. ५ का तत्कालिन कार्यवाहक वडाध्यक्ष एवं नगर सभा सदस्य रामहरि लामाको निधनमा दुःख व्यक्त गर्दै सार्वजनिक बिदाको घोषणा गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडालले सूचना निकालेर आज नगरपालिका कार्यालय, नगरपालिका कार्यालय अन्तर्गतका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालयहरु र संघसंस्था बन्द रहने जानकारी गराएका छन् ।

५६ वर्षीय लामाको अस्ती सोमवार निधन भएको थियो ।