सवारी दुर्घटनामा पाँच वर्षीया बालिका सहित सातजना घाईते

1
सांकेतिक तस्बिर ।

मलंगवा – सर्लाहीका विभिन्न स्थानमा आईतबार साँझ र राती भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच वर्षीया बालिका सहित सातजना घाईते भएका छन् ।

ईश्वरपुर नगरपालिका–११ करमोहन स्थित भित्री सडकखण्डमा खैराबाट करमोहन तर्फ आउदै गरेको भारतीय BR–30–H 1353 नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई पल्टन जाँदा चालक ४० वर्षीय खगेन्दर राय यादव तथा पछाडि सवार २६ वर्षीय जितेन्द्र माझी र २१ वर्षीय दिपेन्द्र माझी घाईते भएका छन् । तीनजनाकै बयलवास स्थित ईश्वरपुर हेल्थ केयरमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै महोतरीको सोनमा गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा हरिपुर्वाबाट खैरबनि तर्फ जाँदै गरेको भारतीय BR–30–C 5282 नम्बरको मोटरसाईकलले ठक्कर दिँदा पाँच वर्षीया बालिका गम्भिर घाईते भएकी छिन् । सर्लाहीको पर्सा गाउँपालिका–१ निवासी धर्मेन्द्र यादवकी पाँच वर्षीया छोरी क्रिमा यादव गम्भिर घाईते भएकी हुन् । क्रिमालाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान पठाईएको तथा मोटरसाईकल र चालक हरिपुर्वा नगरपालिका–२ निवासी १७ वर्षीय अरुण कुमार साह नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् ।

त्यसैगरी कौडेना गाउँपालिका–२ लखनदेही पुलमा गोडैताबाट मलगंवा तर्फ आउँदै गरेको भारतीय BR–06–B4123 नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको ज. ४ प ९५७ नम्बरको मोटरसाईकल एक आपसमा जुध्दा BR–06–B 4123 नम्बर मोटरसाईकल चालक ब्रम्हपुरी गाउँपालिका–४ निवासी २२ वर्षीय विजय दास तथा ९५७ नम्बर मोटरसाईकल चालक गोडैता नगरपालिका–६ निवासी २५ वर्षीय मुकेश महतो घाईते भएका छन् । दुवैजनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै लालबन्दी नगरपालिका–९ बस्तीपुर स्थित भित्रि सडकखण्डमा नवनिर्मित विद्युत कार्यालय हाता भित्र ना. ३ ख ६४८२ नम्बरको ट्रक विद्युतको पोल लोड गरी कार्यालय भित्र प्रवेश गर्ने क्रममा साईकल यात्री ईश्वरपुर नगरपालिका–१ बस्ने ४५ वर्षीय कुसुमलाल चौधरी आफै ट्रकमा लोड भएको पोलमा ठोकिँदा घाईते भएका छन् । घाईते चौधरीको लालबन्दीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।