पानीमा डुबेर सर्लाहीको राजघाटमा एक महिलाको मृत्यु

प्रतिकात्मक तस्बिर ।

राजघाट – सर्लाहीको बाग्मती नगरपालिका–६, राजघाटमा सोमवार दिउँसो पानीमा डुबेर एक महिलाको ज्यान गएको छ ।

स्थानीय भीमबहादुर शार्कीकी श्रीमती ४० वर्षीया सानुमाया मगरातीको घर नजिकैको नहरमा डुबेर मृत्यु भएको हो । मृतक महिलाले प्रायः मदिरा सेवन गर्ने गरेको पाइएको बरहथवाका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ । केही दिनअघि पनि अत्यधिक मदिरा सेवन गर्ने राजघाट गाजली चौकका एक पुरुषको डुबेर नै मृत्यु भएको थियो ।