हरिपूर्वामा ३४५ जनालाई अपाङ्ग परिचय पत्र वितरण

अपांगता भएका व्यक्तिलाई परिचय पत्र प्रदान गर्दै हरिपूर्वाका मेयर शियाराम राय । तस्बिर सौजन्य : मुकेश झा

हरिपूर्वा – सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिकामा ३४५ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्ग परिचय पत्र वितरण गरिएको छ ।

नगरपालिकाको सहयोगमा स्थानीय माध्यमिक विद्यालयको प्राङ्गणमा हिजो (शनिवार) सम्म तीन दिने शिविर नै राखेर नगरभरीका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र उपलब्ध गराइएको हो । त्यसमध्ये हिँड्डुलका लागि अन्य व्यक्तिको साहारा लिनुपर्ने ६७ जनालाई सहायता सामग्री पनि वितरण गर्नका लागि नापजाँच गरिएको शिविर राख्न समन्वय गरेको संस्था, नगर स्तरीय अपाङ्ग संस्थाका भाग्यनारायण चौधरीेले जानकारी दिए ।

लालगढ अस्पतालले सहायता सामग्री उपलब्ध गराउने प्रतिवद्धता जनाएको चौधरीले बताए । आफ्नो शारीरिक अवस्था अनुसार सहायता सामग्री पाउने भएपछि अपाङ्गता भएका व्यक्तिहरु खुसी भएका छन् ।