चुरे संरक्षण तथा पर्यटन विकास अभियान गठन

1
सर्लाहीको लालबन्दी नगरपालिका–१३, पत्थरकोटस्थित चुरेको वन क्षेत्र । (फाईल तस्बिर : उज्यालो अभियान)

हरिवन – चुरे क्षेत्रको संरक्षण तथा पर्यटनको विकासका लागि अभियान चलाउने उद्धेश्यले एक कार्यसमिति गठन गरिएको छ ।

चुरे क्षेत्रको भूमि, जंगल र पर्यावरण संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ सर्लाही जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको समितिका अध्यक्ष सचिन उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार नौ सदस्यीय समितिमा उपाध्यक्ष बालकुमारी श्रेष्ठ, सदस्य सचिव गौरी शंकर महतो, कोषाध्यक्ष पूर्ण चौलागाईं रहेका छन् भने सदस्यहरुमा फेकु श्रेष्ठ, हिराकाजी योञ्जन, पुनम पाख्रीन, युगल सुवेदी, जीवन साह शंकर, साङबहादुर लो र तेर्साङ लामा रहेका छन् । समितिमा होटलव्यवसायी सहित विभिन्न राजनैतिक दलका नेता कार्यकर्तालाई समेटिएको उपाध्यायले बताए ।

उपाध्यायका अनुसार अन्य विभिन्न जिल्लामा पनि यस्तो तदर्थ समिति गठन भईरहेको र निकट भविष्यमा चुरे संरक्षण तथा पर्यटन विकास अभियानको केन्द्रीय समिति समेत गठन गर्ने तयारी रहेको छ ।