बाग्मतीमा डुबेर मृत्यु

1
प्रतिकात्मक तस्बिर ।

कर्मैया – सर्लाहीको बाग्मतीमा मंगलवार डुबेर एक जनाको मृत्यु छ ।

बाग्मती नगरपालिका–११, का अन्दाजी ७० वर्षीय जयबहादुर कार्कीको डुबेर मृत्यु भएको हो । बाग्मती ड्यामको पुलभन्दा तल पानीमा डुबेको अवस्थामा कार्कीको शव फेला परेको र मृत्युबारे थप अनुसन्धान भइरहेको घटनास्थलमा पुग्नु भएका ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार मृतकको पोष्टमार्टमका लागि साँझ अबेर चन्द्रनिगाहपुर अस्पताल, रौतहटतर्फ पठाइएको छ ।