दलित समुदायका बालबालिकालाई निःशुल्क भर्ना

5
चिसो भुइँमा बसेर पढ्दै गरेका जनता आधारभूत विद्यालय भवानीपुरका विद्यार्थी । (फाईल तस्बिर : उज्यालो अभियान)

ईश्वरपुर – ईश्वरपुर नगरपालिकाका मल्ली समुदायका बालबालिकालाई निःशुल्क विद्यालय भर्ना गरिएको छ ।

ग्रामीण नारी उत्थान संघ हरिपुरको पहलमा ईश्वरपुर नगरपालिका –६ मा रहेको श्री नारायण माध्यमिक विद्यालय छेउमा रहेको मल्ली समुदायका ६ जना बालबालिकालाई सोमवार नारायण माविमा नै भर्ना गरिएको हो । लकडाउन अघि देखि नै प्रत्येक बालबालिकालाई विद्यालय भर्ना गराउने अभियान लिई अघि बढिरहेको संघको पहलमा सोमवार बालबालिकालाई भर्ना गरिएको हो । विद्यालय नगई सानै उमेरदेखि ज्याला मजदुरी गर्ने तथा घरमै बस्न रुचाउने मल्ली समुदायका बालबालिकालाई नारायण माविका प्रधानाध्यापक फडिराज बरालको अगुवाई तथा संघकी सामाजिक परिचालिका भवानी कार्कीको सहकार्यमा पढ्नका लागि प्रेरित गरि विद्यालय पोशाकसहित निःशुल्क रुपमा भर्ना गरिएको हो । यस संघले सँधै बालबालिका तथा महिलाका हकहित सुनिश्चित गर्नका लागि पहल कदमी गरिरहेकोले आगामी दिनमा पनि यी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।